सुर्खेत/१८ जेठ – अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालयहरूमा बिदा दिन निर्णय गरिएको छ । एक साताका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएकाले विद्यालयको पठनपाठन बन्द गराउन विद्यालयहरूलाई निर्देशन दिएको सूचना मार्फत जानकारी दिएको छ । यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट कट्टी हुने गरी नगरपालिकाले बिदा गरेको जनाएको छ ।