काठमाडौँ /१२ जेठ – काठमाडौँको कलंकी स्थित विजडम इंलिस एकेडेमीले आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । यही शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न कार्यक्रमकाबिच वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला रहेका थिए भने वार्षिकोत्सवको अवसरमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कोइरालाले विद्यालयले लामो यात्रा तय गरेकोमा शुभकामना व्यक्त गर्दै पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिए । उनले आफूले पुरस्कार वितरण गरेर विद्यार्थीलाई प्रोत्साहित गर्न पाउँदा खुसी लागेको बताए । विद्यार्थीहरूलाई ज्ञानसँगै सिपसँग जोडेर लग्नुपर्ने र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
सो अवसरमा डा. कोइरालाले सातै प्रदेशमा निर्माण गर्न लागेको बालहृदय अस्पतालका लागि एक लाख नगद हस्तान्तरण गरेको थियो । डाक्टर भगवान कोइरालाले सातै प्रदेशमा निर्माण गर्न लागेको बालहृदय अस्पताल निर्माणमा विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक शिव प्रसाद अधिकारीले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।




