कक्षा ८ का विद्यार्थीसँग शिक्षा मन्त्री, पुस्तक पुनःप्रयोग बारे कुराकानी

काठमाडौँ /३० बैशाख – माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी छन् । आइतवार दिउँसो काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी हुन् ।


कक्षा कोठामा उनले विद्यार्थीहरूसँग पुस्तक पुनःप्रयोग लगायतका विषयमा कुराकानी गरेकी थिइन । पुस्तक पुनःप्रयोगका गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजा लगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सकिने धारणा राखेकी थिइन । मन्त्रालयले आगामी बजेटमा समेत पुस्तक पुनःप्रयोगबारे कार्यक्रम समेत राखेको छ ।