चितवन/३० बैशाख – चितवनको भरतपुर, कल्याणपुरमा रहेको स्मल हेभन स्कूलको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी ओसार्न अमृतनगर गइरहेको बसमा आगजनी गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित द्रहानि पुलमा अज्ञात समूहले स्कूल बसमा आगजनी गरेको विद्यालयले जनाएको छ । चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बसलाई रोकी पेट्रोल छर्किएर आगजनी गरेको बताइएको छ ।



