दुबईमा भारी वर्षाका कारण विद्यालय बन्द

काठमाडौँ /२१ बैशाख – संयुक्त अरब इमिरेट्स (युएई)मा पुनः भारी वर्षा भएपछि विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको छ । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी भएकाले वर्षा र आँधीबेहरीका कारण चेतावनी जारी गर्दै घरबाटै अध्ययन गर्न आग्रह गरिएको हो ।


सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिँदै विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न आग्रह गरिएको छ । युएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ ।


साथै दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ । ज्ञान तथा मानव विकास प्राधिकरण (केएचडिए) ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ ।