पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा थपलिया र गौतम नियुक्त

काठमाडौँ /१८ बैशाख-प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्ति गरेका छन् ।


थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।