शिक्षक महासङ्घ झापा अध्यक्षमा खरेल

युवराज रेग्मी
झापा/६ बैशाख – नेपाल शिक्षक महासङ्घ झापा जिल्लाको अध्यक्षमा नेत्र प्रसाद खरेल निर्वाचित भएका छन् । महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल शिक्षक महासङ्घको जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।


नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले तोकेको प्रतिनिधि तथा जिल्ला निर्वाचन समितिका संयोजक निर्मला कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिले बुधवार नयाँ समिति घोषणा गरेको हो ।
महासङ्घले निर्धारण गरेको आचारसंहिता र कार्यविधि अनुसार विभिन्न शिक्षक घटकहरूबाट नयाँ समिति गठन गरिएको निर्वाचन समितिकी संयोजक कोइरालाले जानकारी दिइन ।


फागुन २२ गते जिल्लाका १५ वटै पालिकामा महासंघको एकाइ गठन भइसकेको र यही बैशाख १० गतेदेखि काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले सबै शिक्षक संघ संगठनसंगको सल्लाहमा महासंघको जिल्ला नेतृत्व गठन गरिएको जानकारी दिइन् ।


महासंघको जिल्ला नेतृत्व चयन भएपनि सबै संगठनहरुले नाम नदिएका कारण समितिले पूर्णता पाएको छैन । हालसम्म सहअध्यक्षमा विश्वनाथ राजवंशी , सहसचिवमा टिकाराम खवास , सहसचिव (महिला) शारदा प्रसाई पाठक तथा सदस्यहरुमा रत्नबहादुर कटुवाल , मित्र खनाल , साहिद हुसैन , कुमारी उषा अधिकारी , सोमनाथ गुरागाँई, मणिराज दंगाल , टंकप्रसाद आचार्य र प्रकाशचन्द्र गौतम चयन भएका छन् ।


त्यस्तै संस्थागत सहसचिवमा राजेन्द्रप्रसाद प्रसाई र विष्णुप्रसाद भट्टराई चयन भएकाछन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा महेन्द्र विलास लुइटेल , धर्मानन्द निरौला , हरि सुवेदी , इन्दिरा कँडेल चुडाल , सरिता चेम्जोङ, निर्बाचित भएकाछ्न ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा लेखनाथ पौडेल , हरि पोखरेल , जीतलाल चौधरी , गोबिन्द काफ्ले, लक्ष्मण राजवंशी र गीतासरी राजवंशी निर्बाचित भएका छन् ।


निर्वाचन समिति संयोजक निर्मला कोइरालाको अध्यक्षता तथा शिक्षक महासंघको राष्ट्रिय समितिका पदेन सदस्य रमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल , एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रविन्द्र मैनाली , नेपाल शिक्षक परिषदका अध्यक्ष टंक कटुवाल , प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना , संघीय शिक्षक फोरमका अध्यक्ष सिताराम यादव, नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष चन्द्र प्रसाईले शुभकामना मन्तव्य राखेका थिए ।


रविन्द्र मैनालीले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले प्रतिवद्धता मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन शिक्षक महासङ्घ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले गरेका थिए ।