काठमाडौँ /३० चैत – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र काठमाडौँको थली स्थित माउन्ट एभरेस्ट माध्यमिक विद्यालय र बिच शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एक समारोहका बिच काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुइटेल र माउन्ट एभरेस्ट माध्यमिक विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले एकआपसमा सहकार्यका लागि सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।
सहकार्यमा विद्यार्थीको अध्ययन क्षमता अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थीहरू बिचको सहकार्य, २१औँ शताब्दीको सीप मुलुक तालिम एवं सेवा आदानप्रदान हुने विश्वविद्यालयले जनाएको छ ।
विद्यालयका अध्यक्ष विष्णु ज्ञवालीले,’विश्वविद्यालय सँगको सहकार्यले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।’
प्रधानाध्यापक यादव घिमिरेले,’विद्यार्थीको शैक्षिक उन्नयनका लागि विश्वविद्यालय सँग सहकार्य गरिएको बताए । शिक्षण सिकाईका गतिविधिहरूमा परिवर्तनकारी नवीनतम लक्ष्य हासिलका निमित्त पनि विश्वविद्यालय सँगको सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो ।



