‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’ को प्रतिवेदन सार्वजनिक

काठमाडौँ /२८ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले “चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन-२०७४” सार्वजनिक गरेको छ । आयोगको प्रतिवेदनमा समावेश भएका सुझाब तथा सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने भन्दै सार्वजनिक गरेको छ ।


मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यान्वयनमा लैजान सार्वजनिक गरिएको जनाएको छ । चिकित्सा शिक्षाको अनियमिततालाई नियन्त्रण गर्न भन्दै सरकारले २०७४ बैशाख ४ गते चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ गठन गरेको थियो ।


विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन भएको थियो । आयोगले २०७४ जेठ १६ गतेबाट कार्य प्रारम्भ गरी २०७४ माघ १८ गते प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको थिएन ।

हेर्नुहोस प्रतिवेदन :