इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सम्झौता

काठमाडौँ /२० चैत – इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ । विद्यालयमा आधुनिक तथा समय सापेक्ष शिक्षण सिकाइ गराउने उदेश्यले काठमाडौँको चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सम्झौता भएको हो ।


विद्यालयका तर्फबाट संस्थापक प्रधानाध्यापक रविन दाहाल र विश्वविद्यालयका तर्फबाट उपप्राध्यापक डा. हेम राज काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समय सापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरूको पढाइमा अभिरुचि वृद्धि गर्न समस्या परिरहेको यस परिस्थितिमा शिक्षकहरूको पेसागत सीप अभिवृद्धि तथा शिक्षण क्रियाकलापमा स्टिम विधिलाई अवलम्बन गर्न लागिएको विद्यालयका संस्थापक प्रधानाध्यापक रविन दाहालले जानकारी दिए ।


त्यसैगरी विश्वविद्यालय र विद्यालयको सहकार्यमा निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको उपप्राध्यापक काफ्लेले बताए । विश्व बजारमा समय सापेक्ष दक्ष जनशक्तिको मागलाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य हासिल गर्न काठमाडौँ विश्वविद्यालय र विद्यालयबिच सम्झौता भएको विद्यालयका कार्यकारी निर्देशक संगीता सिंह दाहालले बताइन ।