प्राज्ञिक विद्यार्थी परिषद्ले एकै पटक तीन प्रदेशको अधिवेशन गर्दै

काठमाडौँ/३० फागुन-प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशको चौथो प्रदेश अधिवेशन गर्ने भएको छ । विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको चौथो प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ ।


शिक्षा क्षेत्रको समग्र सुधारका लागि चौथो प्रदेश अधिवेशन भन्ने मुल नारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ । साथै अधिवेशनको तयारी पनि पूरा भइसकेको र तीनवटै प्रदेशको अधिवेशनमा अलग अलग जिल्लाबाट प्रत्येक प्रदेशमा १२० जना भन्दाबढी अधिवेशन प्रतिनिधिहरूको सहभागीता रहने परिषद्ले जनाएको छ ।


परिषद्ले कोशी प्रदेशको अधिवेशन झापाको दमकमा, वाग्मती प्रदेशको काठमाडौँको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा र गण्डकीको पोखरामा सम्पन्न गर्न गइरहेको छ । उक्त अधिवेशनबाट महत्त्वपूर्ण प्रस्तावहरू र नयाँ प्रदेश कार्यसमिति पनि चयन गर्ने छ ।