ललितपुर/२७ फागुन – ‘स्पीकर नेपाल’ आरिश्या रोक्का विजयी हुन सफल भएकी छिन् । २० जना प्रतिस्पधीहरूलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा ८ मा अध्ययनरत आरिश्या रोक्का प्रथम हुन सफल भइकी हुन् ।
यस स्पीकर नेपालको फाइनल राउन्डमा विभिन्न स्कुलका २० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीहरूले कक्षा कोठाको महत्व, ज्ञान नै शक्ति हो र नेपालमा कृषिको महत्व विषयमा आफ्नो मन्तव्य दिएका थिए ।
काठमाण्डौँ उपत्यकाको करिब २५ वटा विद्यालयहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा रेडियो कान्तिपुरका सञ्चारकर्मी अम्बिका श्रेष्ठ, शिक्षाकर्मी विनोद कुमार शाह र युवा मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गरेका थिए । यसैगरी क्वालिफाइड राउण्डमा शिक्षाकर्मी विनोद कुमार शाह र युवा मल्लिका खत्री र डा. संगिता जोशी रहेका थिए भने फाइनल राउण्डमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, शिक्षाकर्मी विनोद कुमार शाह, मल्लिका खत्री जुरीको भूमिकामा रहेका थिए ।
विजयी रोक्कालाई नगद रु २५ हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।