नारी दिवसको अवसरमा उपकुलपति बज्राचार्य सम्मानित

काठमाडौँ /२५ फागुन – १ सय १४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रममा खुला विश्वविद्यालयकी उपकुलपति डा। शिलु बज्राचार्य मानन्धरलाई सम्मन गरिएको छ । खबर एजुकेशन अनलाइनको आयोजना र अक्षरा स्कुलकोे सहयोगमा आयोजना गरिएको कार्यक्रममा बज्राचार्यलाई सम्मान गरिएको हो ।


उनलाई प्रतिनिधि सभा सदस्य दिपा शर्मा र राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओलीद्धारा दोसल्ला ओडाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

विगत ३४ वर्षदेखि शिक्षा क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाउँदै अनवरत रूपमा लाग्नु भई विश्वविद्यालय शिक्षालाई गुणस्तर बनाउन गरेको योगदान अनुरूप उनलाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षामा प्रवेश गरेकी बज्राचार्य शंकरदेव कलेजको एमबिएम निर्देशक र नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन संकाय डीन हुँदै खुला विश्वविद्यालयको उपकुलपति पदमा रहेर उच्च शिक्षामा उत्कृष्ट शिक्षाका लागि लागिरहेकी छन् ।


खबर एजुकेशन अनलाईन मिडियाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने एक जना महिलालाई सम्मान गर्दै आएको छ ।