सामाजिक संवादबाट सामुदायिक विद्यालयमा नवीनतम सिर्जना

काठमाडौँ /२० फागुन – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनले) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप थालिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नवीनतम सिर्जना उत्पादन हुन थालेको बताएका छन् । विद्यार्थीहरूले रिमोटबाट सञ्चालन हुने सामान ओसार्ने हवइ जहाज, एअर एम्बुलेन्स, हाइड्रो (जल विद्युत्) प्रणाली, क्युव स्याटसाइट, स्मार्ट ब्रिजस्ता विज्ञान र प्रविधिमा आधारित मोडेल तयार पारेको बताए ।


“सामाजिक क्षेत्रका क्रियाकलापहरूमा परम्परागत भेषभूषाका नमुना बनाउने, नेवार समुदायमा प्रसादका रूपमा ग्रहण गरिने समय बजी ९माछा, अण्डा, बारा, राग, छोइला, छुस्यामुस्या, भुटी० बनाउने काम गरेका छन् । व्यवहारिक सिपका क्षेत्रमा हाउस वायरिङ्ग गर्ने, खाना बनाउने ९पाक शिक्षा० लगायतका सिप सिकेर विद्यालयमा प्रदर्शन गर्न थालेका छन्” उनले भनेका छन् ।


विद्यालयहरूमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू ‘बाबा’ र ‘स्टिम’ क्लबसहित विभिन्न सिप विकासका विधामा उपसमूहमा आबद्ध भएर शिक्षा आर्जन गरिरहेको र पठन संस्कार, व्यक्तित्व विकास, योग, संगीत, नृत्य, नाट्य जस्ता विधामा प्रशिक्षित भइरहेको उनले बताए ।


गत वर्षदेखि सुरु गरिएको कार्यक्रम ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी भएपछि शिक्षण पद्धति सिर्जनशील, व्यवहारिक, प्रयोगात्मक र वास्तविक बनाउन शिक्षक शिक्षण तालिम प्रदान गर्न थालेका थालिएको जानकारी दिए । शिक्षकको ज्ञान विद्यार्थीमा सजिलै हस्तान्तरण गर्ने विधि र विद्यार्थीहरूले सिकेको ज्ञान तथा सिपलाई व्यवहारमा प्रयोग गर्दै दिगो स्मरण तथा उपयोगमा ल्याउने कुरा हाम्रा कार्यक्रमका मूल्याङ्कन सूचक हुने उनको भनाई छ ।


उनले भने “हामीले रूपान्तरण गर्न चाहेको कुरा विद्यालय प्रशासन, शिक्षक र अभिभावकले बुझ्न सक्नुहोस् । रूपान्तरणका लागि गरिएको महसुस, नतिजा (विश्व बजारमा आवश्यक जनशक्तिमा हुनु पर्ने सिप र योग्यता) मा परिणत गर्न सकियोस् । हामी यसका लागि प्रयत्नशील छौँ । महानगरपालिकाले विद्यार्थीहरूको व्यवहारिक, सामाजिक र आचरणयुक्त सिप, प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित शिक्षा नीति लिएको छ । यसबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीमा विद्यालय उमेरभित्रै आफूभित्र भएको क्षमता र भविष्यको बाटो पहिचान गर्न सक्नेछन् ।”


त्यसैगरी शिक्षण सिकाइमा मात्र नभएर विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, प्रयोगशाला ९कम्प्युटर, विज्ञान० लाई विद्यार्थीहरूको स्वाध्ययन स्थल बनाउने, पुस्तकालय ९भौतिक र इन्टरनेटमा आधारित० लाई ज्ञान विज्ञानसँग जोडने काम गरिरहेको बताए । यसले विद्यार्थीहरूको बुझाइ क्षमता र बौद्धिक स्तरमा वृद्धि गराउने र उनीहरूको विकास, पेशा र जीवन निर्वाहको बाटो निर्देश हुनेमा जोड् दिए ।


महानगरले गत वर्षबाट थालेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाटमा विद्यार्थीहरूको रुचि देखिएपछि चालु शैक्षिक सत्रमा निरन्तरता दिँदै लगानी बढाएको थियो । कार्यक्रम हरेक शुक्रवार सञ्चालन भइरहेका छन् ।