सुर्खेत/१८ फागुन-आंशिक शिक्षकहरूलाई करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरूले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । प्रक्रिया पूरा गरेर १० वर्ष पढाउँदा पनि सेवा आयोगले परीक्षा नलिएको भन्दै तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेकोमा उनीहरूलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको बताएका छन् । साथै माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी आंशिक शिक्षकहरूले दिएका छन् ।
त्यसैगरी केन्द्रीय कार्यालयको मूलढोका र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी गरेका छन् ।