मध्यपुर थिमि नगरपालिकाले माग्यो २० जना शिक्षकका लागि आवेदन

काठमाडौं/१८ फागुन-मध्यपुर थिमि नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको छ । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन माग गरिएको हो ।


पालिकाले पूर्व प्राथमिक शिक्षक ५ जना, संगीत शिक्षक १, नृत्य शिक्षक १, कम्प्युटर शिक्षक १, मार्सल आर्ट शिक्षक २ जना गरी २० जना मागिएको सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।