प्रथम अक्षरा बास्केटबल प्रतियोगिता सम्पन्न, तीनवटै विधामा भ्याली पब्लिक विजयी

काठमाडौँ /२५ माघ-काँडाघारी स्थित अक्षरा स्कुलको खेल मैदानमा भएको ‘प्रथम अक्षरा अन्तर विद्यालय बास्केटबल प्रतियोगिता’ सम्पन्न भएको छ । सहिद दिवसको अवसर पारी अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईको अध्यक्षतामा यही माघ १६ गतेदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका सिनियर ब्वाइजमा १६, सिनियर गर्ल्समा १६ र मिक्स जुनियर तर्फ १२ वटा टिम सहभागी थिए ।


बिहीबार सम्पन्न प्रतियोगितामा तीनवटै विधामा भ्याली पब्लिक स्कुलले जित हासिल गरेको छ । भ्यालीले सिनियर ब्वाइज, सिनियर गर्ल्स र मिक्स जुनियर तीनवटै विधामा जित हासिल गरेको हो ।


बिहीबार भएको फाइनल खेल मध्ये सिनियर ब्वाइजमा अक्षरिका स्कुल र भ्याली पब्लिकको भिडन्त भएको थियो । जसमा भ्याली ६५ स्कोर जोड्दै प्रथम भयो भने ६४ स्कोर सहित अक्षरिका दोस्रो स्थानमा समेटिन पुग्यो । त्यस्तै गेटवे स्कुल तेस्रो स्थान ओगट्न सफल भयो । सिनियर ब्वाइजमा भ्यालीका सुनील पौडेल सर्वाधिक ३६ स्कोर जोड्दै म्यान अफ द म्याचको उपाधि पाउन सफल भए ।


त्यस्तै सिनियर गल्र्समा पनि भ्याली पब्लिकले नै बाजी मारेको छ । नेमोनिक स्कुलसँग भिडेको भ्यालीले १५ का विरुद्ध ५० स्कोर ग¥यो । भ्यालीकी एन्जल गुप्ता सर्वाधिक १० स्कोर गर्दै म्यान अफ द म्याच घोषित भइन् । सिनियर गल्र्समा बौद्ध इन्टरनेसनल तेस्रो स्थान ओगट्न सफल भयो ।


जुनियर मिक्समा आलोक स्कुलर भ्याली पब्लिककै प्रतिस्पर्धा भएको थियो । जसमा भ्याली आलोकलाई ३८–१० ले पछि पार्दै बाजी मार्न सफल भयो । भ्याली पब्लिकका विशाल परियार सर्वाधिक २० अंक जोड्दै म्यान अफ द म्याच घोषित भए । जुनियर मिक्समा विद्या विकास स्कुलले तेस्रो उपाधि हासिल गर्न सफल भयो ।


प्रतियोगितामा सबै भन्दा मूल्यवान् खेलाडी घोषणा गरिएको थियो जसमा सिनियर ब्वाइज तर्फ भ्यालीका सुनील पौडेल, सिनियर गर्ल्स तर्फ भ्यालीकै अनिता गुरुङ जुनियर मिक्स तर्फ भ्यालीकै विशाल परियारलाई सो विधामा ट्रफी वितरण गरिएको थियो । त्यस्तै सिनियर ब्वाइजमा सर्वाधिक स्कोर गर्नेमा अक्षरिकाका आर्यन श्रेष्ठ, सिनियर गर्ल्समा नेमोनिककी शान्ति तामाङ र आलोक स्कुलका सार्थक सिग्देल रहेका थिए । त्यस्तै उदीयमान खेलाडी विधातर्फ सिनियर ब्वाइजमा गेटवेका सन्दीप सिवाकोटी, सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुलकी डोमा शेर्पा र जुनियर मिक्समा अक्षरा स्कुलका रुविन महत घोषित भएका थिए ।


प्याब्सन केन्द्रीय कमिटी उपाध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्य र डा। राजु अधिकारीको विशेष आतिथ्यमा एक समारोहबिच पुरस्कार वितरण गरिएको थियो । विद्यालयकी संस्थापक निर्देशक अन्जु भट्टराई, शैक्षिक निर्देशक विष्णु पनेरु, प्रधानाध्यापक मिलन केसी लोप्चन, खेल शिक्षक किरण कटुवाल लगायतले प्रथम, द्वितीय र तृतीय हुने टिमलाई मेडल, ट्रफी र प्रमाणपत्रका साथै अन्य विभिन्न विधा सर्वोत्कृष्टलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।