काठमाडौँ /२१ माघ – जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरणका लागि आवेदन माग गरेको छ । पाठ्यपुस्तक बिक्री वितरण गर्न इच्छुक वितरकहरूलाई सूचीकरण तथा नवीकरणका लागि आवेदन माग गरेको हो ।
केन्द्रले निर्देशिका, २०७० बमोजिम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन गरेको कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री शैक्षिक सत्र २०८१ का लागि निजी क्षेत्रका वितरकहरूबाट बिक्री वितरण गराउने प्रयोजनार्थले आवेदन मागिएको जनाएको छ ।
सूचीकृत हुन चाहने इच्छुक वितरकले आफ्नो प्रोफाइल सहित केन्द्रबाट तोकिएको ढाँचामा सूचना प्रकाशित भएको मितिदेखि केन्द्रको केन्द्रीय कार्यालय, सानोठिमी भक्तपुर वा केन्द्रका सम्बन्धित प्रादेशिक कार्यालयहरूमा आइपुग्ने गरी निवेदन पेस गर्नुपर्नेछ ।
उस सम्बन्धी आवश्यक फाराम यस केन्द्र तथा प्रादेशिक कार्यालय वा केन्द्रको वेबसाइट www.janakedu.org.np बाट प्राप्त गर्न सकिनेछ ।