काठमाडौं /१७ माघ – शिक्षा पत्रकार तथा गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । क्यान्सरका कारण ४७ वर्ष उमेरका पण्डितको निधन भएको हो ।
आज बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
भानु नगरपालिका १२ तनहुँमा २०३३ वैशाखमा जन्मिएका पण्डित पन्ध्र वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत रहनुका साथै शिक्षा पत्रकार समाजका महासचिव थिए । पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।



