काठमाडौं/१७ माघ – सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोहमा भाग लिनका लागि फाराम भर्न सूचित गरेको छ । माघ २५ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र फाराम भर्न पाउने गरी फाराम भर्न भनिएको हो ।
वि.सं. २०७९ साल मंसिर ०१ गतेदेखि वि.सं. २०८० माघ १५ गतेसम्म सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम. फिल. तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र भर्न पाउनेछन् ।
विद्यार्थीहरुले माघ १७ गते बुधबार देखि फाल्गुन ०२ गते बुधबार सम्म रित पुर्याई आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ । साथै दीक्षान्त सम्बन्धी थप जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.fwuexam.edu.np मा हेर्न सकिनेछ ।



