उच्च शिक्षामा छात्रवृत्तिका लागि आवेदन माग (यहाँबाट दिनुहोस आवेदन)

काठमाडौँ /३ माघ – विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरूप आवेदन माग गरेको हो ।


विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० अनुरूप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति उपलब्ध गराउने उदेश्यले आवेदन माग गरिएको जनाएको छ ।


आयोगको कार्यक्रम अनुरूप न्यूनतम् योग्यता पूरा गरेका आर्थिक वर्ष २०८०/०८१ मा स्नातकरस्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट आगामी फाल्गुन २ गतेसम्म छात्रवृत्तिसम्बन्धी दरखास्त फाराम भर्नुपर्ने छ ।


यहाँबाट दिनुहोस आवेदन :