काठमाडौँ /२ माघ – शिक्षक सेवा आयोग निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । गत पुस २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको नेपाली, अङ्ग्रेजी र गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा कोशी प्रदेशको नेपाली, अङ्ग्रेजी र गणित विषयमा उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा प्रकाशन गरेको छ ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न यहाँबाट हेर्न सक्ने छन् ।



