त्रिविले परीक्षा र नतिजा समयमै गर्न नसक्दा विदेश जानुपर्ने स्थिति सिर्जना भयो : मन्त्री शर्मा

काठमाडौँ /३ माघ – त्रिभुवन विश्वविद्यालयले समयमै नतिजा प्रकाशन र परीक्षा लिन नसक्दा विद्यार्थी विदेश गएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै समयमै परीक्षा र नतिजा प्रकाशन गर्न नसक्दा विदेश जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको बताएकी हुन् ।


शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताइन् । साथै पठनपाठन, परीक्षा र नतिजा प्रकाशन लगायतका विषयहरू सूचना प्रविधिको माध्यमबाट अनलाइन गरेर अघि बढ्न सके समस्या समाधान हुनेमा जोड् दिइन ।


उनले भनिन् ‘टीयू राम्रो हो तर के गर्नु रु समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन । कोर्स पूरा हुँदैन भन्ने गुनासो छ । परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन् । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने गुनासा समाधान हुनेछन् ।’