मावि तहको शिक्षक पदका लागि ९ दिनमा दिए २४३० जनाले आवेदन

काठमाडौँ/१६ पुस–शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि खुला गरेको विज्ञापनमा अहिलेसम्म २ हजार ४ सय ३० जनाले आवेदन दिएका छन् । आयोगले पुस ८ गते खुला गरेको विज्ञापनमा ९ दिनमा आवेदन दिने उम्मेदवारको सङ्ख्या २ हजार ४ सय ३० पुगेको हो ।


आयोगको लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले २०८० माघ ८ गतेसम्म सिंगल दस्तुर र माघ १५ गतेसम्म अविलम्ब ९दोब्बर० शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्न सक्नेछन् ।


त्यसैगरी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि ४ सय ३६ पद सङ्ख्यामा आवेदन माग गरेको छ । साथै नेपाली विषयका लागी ६७, अङ्ग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा विषयका लागि १५, संस्कृत व्याकरणका लागि ३ र कम्प्युटर विज्ञानका लागि ३ पद सङ्ख्यामा आवेदन माग गरेको छ ।