विद्यालयले तोकिएको पोसाकबाहेक अन्य पोसाक किन्न लगाए कारबाही हुने

काठमाडौँ /६ पुस – काठमाडौँ महानगरपालिकाले चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ । महानगर भित्रका सबै विद्यालयलाई परिपत्र गर्दै तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न निर्देशन दिएको हो ।


काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त आएकोले सो कार्य नगर्न निर्देशन दिएको छ ।


तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गर्दै कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ ९संशोधनसहित० र अन्य प्रचलित कानुन बमोजिम दण्ड सजाय हुने चेतावनी दिएको छ ।