शिक्षक बन्न चाहनेका लागि त्रिविको पिजिडी एजुकेशन

काठमाडौँ /६ पुस – त्रिभुवन विश्वविद्यालयले अधिस्नातक तह पिजिडी एजुकेशनमा विद्यार्थी भर्ना आह्वान गरेको छ । शिक्षाशास्त्र संकाय डीनको कार्यालयले सेमेस्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन कार्यक्रमको लागि भर्ना आह्वान गरेको हो ।


तीन सेमिस्टरमा पढाई हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको हो । शिक्षा संकाय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले उक्त कार्यक्रममा भर्ना हुन सक्ने त्रिविले जनाएको छ । उक्त कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाई हुनेछ ।


प्रथम सेमिस्टरमा भर्नाका लागि पुस ६ गतेदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सकिनेछ । उक्त कार्यक्रमका लागि माघ १४ गते प्रवेश परीक्षा हुनेछ भने माघ २१ गतेबाट कक्षा सञ्चालन हुनेगरी सूचना निकालेको छ ।


उक्त शैक्षिक कार्यक्रममा साइन्स एजेकेशन, म्याथमेटिक्स एजुकेशन, अंग्रेजी एजुकेशन, नेपाली एजुकेशन, इकनोमिक्स एजुकेशन लगायतका १४ विषय रहेका छन् ।

हेर्नुहोस सूचना :

https://www.tufoe.edu.np/images/Notice/Routine/%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%A4%E0%A4%95_%E0%A4%A4%E0%A4%B9_PGD_Education_%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80_%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE_2080.pdf