काठमाडौँ /६ पुस – काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न सबै विद्यालयहरूलाई परिपत्र जारी गरेको छ । केही विद्यालयहरूले विद्यार्थीलाई अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज ९डीआई० राख्ने गरेको गुनासो आएको भन्दै परिपत्र जारी गरेको हो ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएपछि डीआई नराख्न निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई आग्रह गरेका छन् ।




