दलीय भागबन्डाका कारण उच्च शिक्षा अस्त–व्यस्त भयो : गगन थापा

काठमाडौँ /२९ मंसिर – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापाले दलीय भागबन्डाका कारण नेपालको उच्च शिक्षा अस्त–व्यस्त भएको बताएका छन् । उनले त्रिवि देशकै जेठो विश्वविद्यालय भएकोले अब यसलाई सच्याउनु आवश्यक रहेको बताउँदै विश्वविद्यालयमा हुने गरेका दलीय भागबन्डा हटाउनु पर्ने बताए ।

उनले भनेका छन् अब त्रिभुवन विश्वविद्यालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ । यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु ।

थापाले विश्वविद्यालय बिग्रनुमा राजनीतिक दल सबै उत्तिकै दोषी रहेको भन्दै त्यसलाई अब सच्याउन पर्ने र उच्च शिक्षा सुधारसँगै गल्ती सच्याउने कुराको प्रस्थान बिन्दु देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिबाट गर्न सकिने उनको भनाई थियो ।