दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मलेन : नेपाललाई शैक्षिक हब बनाउन सकिने

काठमाडौँ /२९ मंसिर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आजदेखि सुरु भएको छ । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन र नेतृत्व विकासका लागि हायात रेजेन्सीमा आयोजना गरिएको शैक्षिक सम्मेलन आजदेखि सुरु भएको हो ।


दुई दिन सम्म चल्ने सम्मेलनमा १७ वटा शिक्षा सम्बन्धीका विभिन्न सेसनहरु हुने प्यब्सनले जानकारी दिएको छ । कानूनमन्त्री धनराज गुरुङले उद्घाटन गरेको सम्मेलनमा काठमाडौँ विश्वविद्यालय एवं ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग र समन्वयमा नेतृत्व विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अध्यक्ष डिके ढुङ्गानाले बताए । सम्मेलनमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको समेत आबद्ध रहेको र सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापकहरूलाई पनि सम्मेलनमा समावेश गरिएको उनले बताए ।


उक्त सम्मेलनमा नेपालको शिक्षालाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग हुने र नेपाल विदेशी विद्यार्थीलाई शैक्षिक गन्तव्य बनाउन सकिने अध्यक्ष ढुङ्गानाको भनाई थियो । साथै कक्षा कोठालाई प्रभावकारी बनाई शिक्षाको स्तर कसरी वृद्धि गर्ने, नीति निर्माणमा कसरी अघि बढ्ने र सामुदायिक निजी विद्यालयको साझेदारीका बारेमा छलफल हुने उनको भनाइ छ ।


कानूनमन्त्री धनराज गुरुङले पछिल्लो समयमा लाखौँ विद्यार्थीहरू विदेशीने गरेको अवस्थामा निजी विद्यालयहरूले नेपाललाई एजुकेशन हब बनाउन लाग्नु पर्ने बताए । निजी विद्यालयमा सबै धनीका छोराछोरीले मात्रै नपढ्ने गिटी कुटेनेले पनि पढाउने गरेकोले निजी विद्यालयमा छात्रवृत्तिको ढोका बन्द गर्न नहुने र यसबारेमा छलपलको आवश्यक रहेको उनको भनाई थियो । साथै विद्यालय शिक्षा विधेयक शिक्षा समितिमा पुगेको बताउँदै ऐन आउने प्रक्रिया निकै ढिला भएको र यसलाई छिटो भन्दा छिटो ल्याउनु पर्नेमा जोड् दिए ।


प्यब्सनका महासचिव अरबी कटुवालले शैक्षिक सम्मेलन पछि विद्यालयहरूमा नेतृत्व, विद्यालय व्यवस्थापन, कक्षा व्यवस्थापन, शिक्षण सिकाई, शिक्षण विधि र पाठ्यक्रमका विषयमा प्रभावकारी भूमिका खेल्ने बताए ।


नेपालको विद्यालय शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षा मन्त्रालय, प्यब्सन, सामुदायिक विद्यालय, एनप्यब्सन सबै सरोकारवालाहरू एकै ठाउँ हुन आवश्यक रहेको बताउँदै यो सम्मेलनले भूमिका खेल्नेमा आशावादी रहेको उनको भनाई थियो ।