त्रिविले साइबर सेक्युरिटी कोर्स तयार गर्दै

काठमाडौं/२८ मंसिर – त्रिभुवन विश्वविद्यालयले साइबर सेक्युरिटी कोर्स निर्माण गर्ने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले मास्टर्सका लागि साइबर सेक्युरिटीको कोर्स निर्माण गर्न लागेको हो ।


इन्जिनियरिङ अध्ययन संस्थानले कोर्स निर्माणका लागि कार्यसमिति समेत गठन गरिएको जनाएको छ । स्नातकोत्तर तहमा ‘एमएसी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी’ कोर्स सञ्चालन गर्न सहप्राध्यापक डा.ज्योति तण्डुकारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जनाएको छ ।


देशको आवश्यकता र विश्वमा बढ्दै गरेको साइबर सुरक्षा प्रतिरक्षा प्रणाली विकासमा अध्ययन, अध्यापन तथा अनुसन्धान आवश्यकतालाई हेरेर विशिष्ट खालको स्नातकोत्तर कार्यक्रम निर्माण गरिने आईओईको भनाई छ ।