प्रयोगात्मक शिक्षाका लागि ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमीबिच सहकार्य

काठमाडौं /२८ मंसिर – काठमाडौँको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसबिच सम्झौता भएको छ । नेपालको पर्यटन क्षेत्र, पुरातात्त्विक, शैक्षिक लगायतका विषयमा अनुसन्धान गर्ने विषयमा सम्झौता भएको हो ।


त्यसैगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले विद्यार्थीहरूलाई बीएचएम र बायोटेक्नोलोजीका क्षेत्रमा प्रयोगात्मक तथा अनुसन्धान गर्न सहज होस भन्ने हिसाबले टोलीसँग सहकार्य गर्न लागिएको बताए । उनले क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषयमा समेत सम्झौता भएको जानकारी दिए ।


सम्झौतामा कलेजमा होटेल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ ।


जियोगराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल र चाइनाको बोर्डर क्षेत्रको प्राकृतिक सम्पदा,पर्यटन विकासका लागि अध्यायन गर्न आफ्नो टोलि नेपाल आएको र शैक्षिक संस्थासँग सहकार्य गर्न लागिएको बताइन ।