‘ताइक्वान्दो च्याम्पियन–२०२३’ मदरल्याण्ड स्कुललाई

भक्तपुर/२५ मंसिर – नवौं अन्तर विद्यालय ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कुलले जित्न सफल भएको छ ।


ताइक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले नोभेम्बर ९, २०२३ मा ९औँ अन्तरविद्यालय ताइक्वान्दो आईटीएफ च्याम्पियनसिप आयोजना गरेका थिए ।


आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड–१९ को कारण २ वर्ष रोकिएको भए पनि पुनः निरन्तरता दिएको बताए ।


२१ व्यक्तिगत स्प्यारिङ र १२ व्यक्तिगत प्याट्रेन क्याटोगोरीको लागि एक दिनको कार्यक्रममा विभिन्न १३ विद्यालयबाट २०६ खेलाडी र अधिकारीहरू सहभागी थिए । टिम च्याम्पियन ट्रफीमा मदरल्याण्ड स्कुल भक्तपुरले ८ स्वर्ण, ४ रजत र ८ कास्य प्राप्त गरेको छ । आरक्षण स्कुल भक्तपुरले ५ स्वर्ण, ८ रजत र ५ कास्यसहित दोस्रो तथा सुनाखरी पाठशाला काठमाडौँले ५ स्वर्ण, ३ रजत र ८ कास्यसहित तेस्रो भएको छ ।


उत्कृष्ट खेलाडी अब्राहाम टोलाङ्गे ९न्यु मोडेल एकेडेमी, काभ्रे० ले छात्र तर्फ र उत्कृष्ट खेलाडी रेजीना तामाङ ९सुनाखरी पाठशाला, काठमाडौँ०ले छात्रा तर्फ ब्यूटीफुल ट्रफी हात पारे ।


समापन समारोहमा प्रमुख अतिथि रमेश खरेल नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक, शनिस लागेजु राष्ट्रिय ताइक्वान्दो संघका सचिव तथा हंसदा योग आश्रमका अध्यक्ष स्वामी नीलकण्ठ र अध्यक्ष स्वामी पञ्चशीलले पदक तथा ट्रफी वितरण गरेका थिए । विद्यालयका प्रधानाध्यापकहरूले मेडल ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । साथै क्वालिटी स्कुलका प्राचार्य जीबी खड्काले सबै अम्पायर र अधिकारीहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।