अस्ट्रेलिया/२४ मंसिर – अस्ट्रेलिया अध्ययनमा जाने विदेशी विद्यार्थीलाई थप कडाई गर्ने भएको छ । अस्ट्रेलियालाई नचाहिने कमसल विषय पढ्न आउने विद्यार्थीहरूलाई कडाई गर्ने भएको हो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजीले सञ्चार कर्मीहरूसँग कुरा गर्दै अस्ट्रेलियालाई नचाहिने कमसल विषय अध्ययनमा आउने विद्यार्थीलाई कडाई गरिने जनाएका छन् । उनले अध्यागमन नीतिमा केही परिवर्तन भएको भन्दै विदेशी विद्यार्थी कमसल विषय पढ्न आएको र अस्ट्रेलिया मा बस्ने गरेको पाइएपछि कडाई गर्ने जानकारी दिएका छन् ।
यसबारे अस्ट्रेलियान सरकारले मंसिर २५ गते सोमवार कस्ता कस्ता विद्यार्थीलाई भिसादिने र कस्तालाई नदिने भन्ने बारे नीति सार्वजनिक गर्ने छ । त्यसैगरी अस्ट्रेलियालाई आवश्यक पर्ने सिप भएका र उच्च शिक्षा भएका विद्यार्थीहरूलाई भने कडाई नगर्ने पिआरमा समेत सहज गर्ने जानकारी दिएको छ ।



