ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर/२१ मंसिर – एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको हो ।


उक्त गायन प्रतियोगिताको छात्र तर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्वितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामागं तृतीय र पारिजात स्कुलको असीम थापा सान्त्वना हुन सफल भएका छन् । यसै गरी छात्रा तर्फको गायनमा अनु बादी विमल मेमोरियल स्कुल प्रथम, साकिरा प्रजापति सूर्योदय स्कुल द्वितीय, स्वर्णिम कार्की ईडेन गार्डेन स्कुल तृतीय र विपिना घिमिरे मदरल्याण्ड स्कुल सान्त्वना हुन सफल भएका छन् ।


ईप्सन भक्तपुरको अध्यक्ष जिबि खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कृत पश्चात् शुभकामना व्यक्त गर्दै ईप्सनले वार्षिक रूपमा शिक्षक एवं विद्यार्थीहरूको लागि विविध कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रमको आयोजक विद्यालय सेन्ट जोन स्कुलका प्राचार्य देव भट्टले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा निहित प्रतिभाले स्थान पाउने भएकाले गायन प्रतियोगिता गरेको बताए ।