काठमाडौँ /१६ असोज – पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखहरूले स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने भन्दै विभागीयका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको घोषणा गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरूद्वारा अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने अभिव्यक्ति दिएपछि जिम्मेवारी सुम्पिएको घोषणा गरेका हुन् ।
६ विभागीय प्रमुखहरूले क्याम्पस प्रमुखहरूलाई पत्र लेख्दै अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने भन्ने अभिव्यक्ति प्रति कृतज्ञता जाहेर गर्दै विज्ञप्तिमा आह्वान गरे मुताबिक यस कुराको गाम्भीर्ययतालाई महसुस गरी उच्च आकाङ्क्षा बोकेका स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने निर्णय गर्दै विभागीयका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराएका छन् ।
स्ववियु सभापतिहरूले विज्ञप्तिमा आह्वान गरे मुताबिक नै टुलुटुलु हेरेर नबसी सामूहिक योगदान दिने क्रममा आफूले गर्दै आएको काम हाललाई स्थगन गरी स्ववियुलाई नै विभागको जिम्मा लगाउन प्राध्यापक संघ र कर्मचारी संघको समेत समर्थन रहेको ब्यहोरा पनि अवगत गराउन चाहन्छौँ पत्रमा भनिएको छ ।
हेर्नुहोस पत्र :




