विदेश अध्ययनमा जाने विद्यार्थी रोक्न ‘नेपाल विश्वविद्यालयको’ आवश्यक : शिक्षामन्त्री

काठमाडौँ /१६ असोज – सङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक माथि छलफल भएको छ । आज समितिका सदस्यहरूबिच नेपाल विश्वविद्यालय विधेयक माथि छलफल गरिएको हो ।


छलफलमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले सदस्यहरूले उठाएको जवाफमा बोल्दै नेपाल विश्वविद्यालयमा लिबरल आर्टस् कार्यक्रम सञ्चालन गर्दा विदेश अध्ययनमा जाने विद्यार्थीहरूलाई रोक्न सकिन्छ की भनेर ल्याउन लागिएको बताए । उनले नेपालमा भएका विश्वविद्यालय राम्रा हुँदा हुँदै पनि विद्यार्थी विदेश अध्ययनको नमामा रोजगारीका लागि जाने गरेको र यसलाई रोक्न आवश्यक रहेको बताए ।


त्यसैगरी माननीय देवेन्द्र पौडेलले भएका ११ वटा विश्वविद्यालय भन्दा नेपाल विश्वविद्यालय फरक रूपमा आउन लागेकाले यसलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड् दिए । विद्यार्थीलाई बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत दक्ष र प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्ने उदेश्य राखेकोले ल्याउनु पर्ने धारणा राखे ।


उनले विश्वविद्यालय थप्दै जाने र अरू विश्वविद्यालय नराम्रा भए भन्नु गलत भएको बताउँदै विद्यार्थी विदेश अध्ययनमा नगई रोजगारीका लागि जाने गरेको बताए । साथै अन्य विश्वविद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा रहेको र सुधारको प्रयत्न गर्न आवश्यक रहेको उनको भनाई थियो ।


माननीय सुमना श्रेष्ठले अहिले भएका विश्वविद्यालयमा रिसर्च नभएको, उच्च शिक्षाले डेलिभरि दिन नसकेको र विश्वविद्यालयमा देखिएका समस्या समाधान नगरी नयाँ विश्वविद्यालय थप्दा समस्या समाधान नहुने बताइन । उनले कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षा मन्त्री हुँदा सिनेटको बैठकका लागि समय दिन नसक्ने भएकाले यस्तो प्रावधान हटाउनुपर्ने समेत भनाई राखेकी छन् ।


नेपाल विश्वविद्यालयको उत्पति किन भएको छ भन्दै प्रश्न गर्दै उनले ‘भनिन समूह एउटा छ जसले नेपालमा केही योगदान दिन्छु भन्नेलाई चित्त बुझाउन हो की ? उच्च शिक्षा मिलाउनका लागि विधेयक ल्याइएको हो ? ‘ लिबरल आर्टसका लागि भन्दै नयाँ विश्वविद्यालय थप्नु भन्दा भएका विश्वविद्यालयलाई व्यवस्थापन गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई लिबरल आर्टस्बाट वञ्चित गराउन नहुने भनाई राखिन ।


माननीय दिपा शर्माले नेपाल विश्वविद्यालय खोल्दैमा विद्यार्थी विदेश अध्ययनमा जान नरोकिने भन्दै त्रिभुवन विश्वविद्यालयलाई नै सुधार गरेर अगाडि बढ्न ठिक हुने बताइन । उनले विश्वविद्यालय नयाँ संरचनाबाट सञ्चालन गर्न खिजिएपनि आर्थिक भार सरकारले बहन गर्न नपर्ने नसक्ने बताउँदै यस प्रति सोच्नपनि आग्रह गरिन ।