विद्यालय शिक्षा ऐन चाँडो जारी हुनुपर्छ : नेपाल शिक्षक महासंघ

काठमाडौं/९ भदौं-नेपाल शिक्षक महासंघले नयाँ आउने ’विद्यालय शिक्षा ऐन २०८० शिक्षक–कर्मचारी मैत्री हुनपर्ने माग गरेको छ । ऐन शिक्षक–कर्मचारी मैत्री नभए संसदमा दर्ता भएको ५ दिनमा ’काठमाडौं केन्द्रित अनिश्चित कालीन सडक आन्दोलन’ सञ्चालन गर्ने चेतवनी दिँदै आफ्ना माग पुरा गर्न माग गरेको हो ।


महासंघले विज्ञप्ति जारी गर्दै ऐन चाँडो जारी हुनुपर्ने पक्षमा निरन्तर दबाबपूर्ण भेटघाट र संवाद गरिरहेको, मस्यौदामा रहेका शिक्षक कर्मचारी हितको प्रतिकूलका प्रबन्धहरु परिवर्तन गर्नका लागि तीव्र संवाद चलिरहेको जनाएको छ । साथै संसदमा मस्यौदा दर्ता भएपछि त्यसको मूल्याङ्कन गरी दर्ता भएको मितिले ५ दिनमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने काठमाडौं केन्द्रित सडक आन्दोलनकालागि तयारी तथा शक्ति सञ्चयको काम भइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।


त्यसैगरी पूर्व शिक्षा मन्त्रीहरू र राजनैतिक पार्टीका संसदीय दलका सचेतकहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने, विभिन्न विद्यार्थी सङ्घ सङ्गठनका अध्यक्ष ÷ महासचिव, अभिभावक सङ्घ ÷ सङ्गठन र महासङ्घ, वि.व्य.स.महासङ्घसँग शिक्षक कर्मचारीका मागमुद्दामा सहयोग र एकबद्धताका लागि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाएको छ ।