विद्याभूषणका लागि आवेदन माग

काठमाडौं/२१ साउन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्राविधिक विद्याभूषणका लागि आवेदन माग गरेको छ ।


नेपाल विद्याभूषण प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन संस्थान तथा विदेशी विश्वविद्यालयबाट उल्लेखित मापदण्ड अनुसार योग्यता हासिल गरेका नेपाली नागरिकहरु र नेपालभित्र मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पुरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरुले आवेदन दिन सक्ने छन् ।


आवेदन २०८० भदौं ३ गते कार्यालय समयभित्र मन्त्रालयको वेभसाइट www.moest.gov.np मा रहेको अनुसूची १ को ढाचाँमा रु १० को टिकट टाँसी शिक्षा तथा मानव विकास स्रोत कोन्द्रमा आवेदन दिन सकिने जनाएको छ ।