क्यम्पियन कलेजमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा बढी केन्द्रीत रहेर पठनपाठन गर्छौ

ललितपुर/६ साउन –ललितपुरको सानेपास्थित व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल कलेजहरुमध्ये एक हो, क्यम्पियन कलेज । त्रिभिुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सिजी एजुकेशनको व्यवस्थापनमा सञ्चालित क्याम्पियनमा स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकाय, मानविकी संकाय अन्तर्गतका विषयहरुमा अध्यापन हुने एक उत्किृष्ट कलेज हो । सन् १९९७ मा स्थापना भएको यो कलेज विद्यार्थीहरुको भविष्यप्रति गम्भिर भएर प्रयोगात्मक शिक्षामा केन्द्रित रहेर पठनपाठन गरेकै कारण विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।


उद्योगका लागि आवश्यक दक्ष मानव संसाधनहरु उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा बढी केन्द्रीत रहेर पठनपाठन गर्ने गर्छ । सैद्धान्तिक पढाईलाई भन्दा पनि उद्यमी बन्न सहयोग गर्ने र जिवन उपयोगी शिक्षा प्रदान गर्नु कलेजको मुख्य उदेश्य हो । यसै सन्दर्भमा कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तव संग अगरिएको संवाद :


कलेजले कुन कुन कोर्सहरु पढाई रहेको छ ? कस्तो शिक्षा दिइरहेको छ ?


यस कलेजमा व्यावस्थापन संकायको स्नातक तहमा बीबीए र बिबिएस र मानबिकी संकायको स्नातक तहमा बिएएसडब्लु, बिए (साईकोलोजि) स्नातकोत्तर तहको व्यावस्थापनमा एमबिएस र मानबिकीमा एमए कोर्ष पढाई हुदै आएको छ ।


अहिलेको परिर्वतनशील समाजको आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धताका साथ विद्यार्थीहरुमा नेतृत्वको क्षमता तथा रचनात्मकता उद्यमशीलता विकास गर्ने र भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान गर्ने सक्ने शिक्षा प्रदान गर्दै आएको । कलेजले विद्यार्थीहरुलाई व्यवस्थापनमा उच्च अध्ययनका लागि प्रयत्न आधार बनाउने मात्र काम नगरी विद्यार्थीहरुलाई प्रतिष्ठित व्यतिmत्वको रुपमा समाजमा नेतृत्व गर्न सक्ने बनाउन सहयोगी भुमिका निर्वाह गर्न प्रतिवद्धता रहेको र साही अनुसार शिक्षा दिइरहेको यहाँलाई जानकारी गराउन चाहान्छु ।


यस कलेजले विद्यार्थीहरुलाई उनीहरुमा भएको विभिन्न क्षमतालाई बाहिर ल्याउनका लागि प्रोत्साहित गर्दे सिकाइ प्रभावकारी होस् भन्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, प्रविधि मैत्री कक्षा, अनुभवि र दक्ष शिक्षकहरुबाट पठनपाठन गर्छ ।


सेन्टर अफ एक्सिलेन्स भन्नु भएको छ यसले विद्यार्थीहरुको शिक्षामा के सहयोग गर्छ ?


यसमा विद्यार्थीहरुलाई विभिन्न ६ वटा कार्यक्रममा सहभागी गराईन्छ । सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड दिँदै आईरहेका छ । अहिलेको समयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हँुदैन भन्ने कुरालाई अनुशरण गरेर कलेजका विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य समेत गर्दै आईरहेका छौं ।


व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरुलाई उद्यमशील, प्राविधिक र व्यक्तित्व विकासको सीप र क्षमता विकासमा कलेज क्रियशील छ । कलेजले मासीक रुपमा अनप्लग कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यो काय्रक्रमले विद्यार्थीहरुको प्रतिभा, दक्षता, अनुभव र ज्ञानलाई कलेजमा रहेका शिक्षित, उद्यमी र व्यवसायीहरुको समूहले विद्यार्थीको ज्ञान र भविष्यको पदोन्नति र विकासका लागि उनीहरुका दृष्टिकोणमा परिवर्तन गर्न र सिक्न सहयोग गरेको पाइएको छ ।


क्याम्पियन कलेजले विद्यार्थीहरुलाई सांस्कृतिक शिक्षा, तालिम, ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ । यस कलेजमा सम्बन्धित संकायका शिक्षकहरुले हरेक विद्यार्थीहरुलाई आवश्यकता परेको समयमा सहयोग र परामर्श दिदै आएका छन् । आफ्ना विद्यार्थीहरुलाई सहज महशुस गराउन र अध्ययन पछि पनि उनीहरुको जिवनमा आउने विभिन्न चुनौतिहरुलाई समाधान गर्न तथा जटिल परिस्थितिकोे सामना गर्नका लागि समक्ष बनाउन यस कलेजले विशेष भूमिका खेल्दै आईरहेको र त्यसै अनुसारका नयाँ नयाँ पाठ्यक्रममा आधारीत विषय पनि समावेश गरेको छ ।


विद्यार्थीहरुको सहजताका लागि कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?


कलेज आफ्ना विद्यार्थीहरुका लागि विद्यार्थीहरुका लागि सहज होस भनेर आन्टरप्रेनरसिपको कार्यक्रम सञ्चालन, जब फेयर गरी विभिन्न संस्थाहरुमा विद्यार्थीलाई रोजगार उपलब्ध गराउने गर्छ । व्यापार र प्रविधि क्षेत्रमा तीव्र गतिमा परिर्वतन भईरहेको समयमा यस कलेजले कोर्सलाई पनि सोही अनुसार परिवर्तन गर्दै विद्याथीृहरुलाई व्यवहारिक शिक्षामा जोड दिएको छ ।


कलेजमा बिएएसडब्लुले कार्यक्रम पनि सञ्चालन गरेको छ, यो विषय क्यम्पियन मै किन पढ्ने ?


मैले यो विषय क्यम्पियन कलेज मै पढ्नु पर्छ भन्नु हुँदैन । विद्यार्थीहरुले जुन कलेजमा पढ्दा आफ्नो भविष्य बन्छ जस्तो लाग्छ त्यही पढ्ने हो । यो भन्दै गर्दा हामीले यो विषयद अघिल्लो वर्षदेखि पढाउन सुरु गरेको छ । व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल भएकैले बिएएसडब्लु पनि अध्यापन गराउन थालिएको हो ।


अरुमा भन्दा हाम्रो फरक के छ भने स्नातकोत्तर तहमा व्यवस्थापन संकाय, मानविकी संकाय अन्तर्गतका विषयहरुसंगै साईकोलोजिलाई मुख्य विषय बनाएर बिएएसडब्लु अध्यापन गराउँछौं । योसँगै बिएएसडब्लु अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो रुचि अनुसार विभिन्न संघ संस्था छनोट गरी अध्ययन हुँदाहुँदै पनि जागिर गर्दै आफ्नो प्रयोगात्मक र सिप विकास गर्न सक्नेछन् र त्यसमा कलेजले पनि सहयोसग भूमिका खेल्छ ।


साथै भविष्यमा समाजलाई ठुलो योगदान पु¥याउन सक्नेछन् । यो विषय अध्ययन पश्चात विद्यार्थीहरुले एनजिओ, आईएनजिओ, सरकारी कार्यालयमा, निजी संस्थाहरुमा, कानूनी कार्यालयहरुमा र क्लिनिकल तथा काउन्सेलिङ साईकोलोजि लगायतका धेरै क्षेत्रमा अवसर प्राप्त गर्नुका साथै भविष्य निर्माण गर्न सक्नेछन् । यीनै विविध कुरालाई मध्यनजर गर्दै विद्यार्थीको भविष्य र शिक्षालाई केन्द्रमा राखेर पठनपाठन गरिने हुँदा अरु भन्दा फरक छौं जस्तो लाग्छ ।


रिसर्च सेल कमिटी गठन गर्नुभएको छ, यसको उदेश्य के हो ?


वर्षमा १२ वटा जर्नल ६/६ महिनामा प्रकाशन गरिने र पढाईसँगै विद्यार्थीलाई रिसर्चसँग जोड्नका लागि रिसर्च सेल गठन कमिटी गरिएको हो र यसको उदेश्पनि विद्यार्थीलाई रसिर्च सम्बन्धी ज्ञान दिनु हो । यसको अध्यक्षमा कलेजको प्रिन्सिपल रहने व्यवस्था गरेका छौं । त्यसैगरी सल्लाहकारमा त्रिभुवन विश्वविद्यालय सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टका असिस्टेन्ट प्रोफेसर डा. भरत सिंह थापा रहेका छन् । शिक्षक र विद्यार्थीलाई रिसर्च मुखी बनाउने उदेश्यले यसको गठन गरिएको हो । यसमा कसरी रिसर्च पेपर लेख्ने र व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा विद्यार्थीलाई सिकाइन्छ ।