काठमाडौं/५ साउन-माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबु्झे पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन तोकेको छ । गत असार २१ गते सार्वजनिक भएको एसईई नतिजाको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि तोकिएको ढाँचामा निवेदन दिन बोर्ड साउन ५ गतेलाई अन्तिम दिन तोकेको थियो ।
पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सम्पूर्ण सूचना हेर्न :



