सिटिईभिटीद्धारा भर्ना र छात्रवृत्तिका लागि आवेदन माग

काडमाडौं/२९ असार-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको छात्रवृत्तितर्फ प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०८०/८१ का लागि स्वीकृत कार्यक्रम र कोटाहरुमा पूर्ण शुल्कीय र वर्गीकृत (निशुल्क) छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।


सिटीईभीटीबाट सञ्चालन सम्बन्धन–स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजी स्तरमा सञ्चालित शिक्षालयहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका शिक्षालयका स्वीकृत कार्यक्रम र कोटाहरूमा विद्यार्थी छनोट गर्न आवेदन माग गरेको हो ।


सीटीईभीटबाट सञ्चालन गरिने उक्त कार्यक्रममा अध्ययनका लागि साउन १२ गते भित्र आवेदन दिनुपर्ने छ भने वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि आवेदन साउन ४ गतेदेखि १२ गतेसम्म अनलाइनमा दिन सकिने छ ।


सूचना यहाँबाट होर्नुहोस :

https://itms.ctevt.org.np:5580/