नेशनल प्याब्सन काठमाडौको वादविवाद कार्यक्रम सप्पन्न

काठमाडौं/२१ असार-नेशनल प्याब्सन काठमाडौ जिल्लाको आयोजना तथा बूढानीलकण्ठ नगर समितिको संयोजनमा जिल्ला स्तरीय अन्तर विद्यालय वादविवाद कार्यक्रम सम्पन्न भएको छ ।


वर्तमान समयमा अत्यन्तै चर्चित एवम् नेपालकै प्रमुख समस्याको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण तथा निरूपणमा विद्यालय तहदेखि नै सचेतना जगाउने उद्देश्यले ‘भ्रष्टाचार नियन्त्रणमा शिक्षा कि कानून’ विषय वादविवाद कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रम बूढानीलकण्ठ नगरपालिका – १० स्थित जोसेफ हाई स्कुलमा सम्पन्न भएको थियो भने काठमाडौ जिल्ला भित्रका नेशनल प्याब्सन अन्तर्गतका ४५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।


दुईवटा औपचारिक सत्रमा संचालन भइ सम्पन्न भएको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रूपमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले गरेका थिए । त्यसैगरी समापन समारोहमा नेशनल प्याब्सनका केन्द्रिय सह– अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।


नेशनल प्याब्सन बूढानीलकण्ठका अध्यक्ष नारायणबाबु तिम्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रको संचालन नगर कार्यसमितिका सचिब लेखजङ्ग खत्रीले गरे । नेशनल प्याब्सन केन्द्रिय कार्यसमितिका सदस्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी , केन्द्रिय उपाध्यक्ष डम्बर कार्की , केन्द्रिय सचिव बिष्णु पराजुली , बागमती प्रदेश उपाध्यक्ष देवनारायण महतो, काठमाडौ जिल्ला अध्यक्ष खडकबहादुर बस्नेत , उपाध्यक्ष होमबहादुर अधिकारी ( मनोज) , सचिब अमृत खड्का, कोषाध्यक्ष प्रेम भुजेल, सहसचिव समीर वास्तोला, सचिवालय सदस्य तथा संचार बिभाग प्रमुख राजन श्रेष्ठ , जिल्ला सदस्य तथा परीक्षा बिभाग प्रमुख नारायण सापकोटा , जिल्ला सदस्य द्वय नारायण पोख्रेल र माधब अधिकरी लगायतको उपस्तिथिति रहेको उक्त कार्यक्रममा कार्यक्रम संयोजक एवम् बूनपाका सहसचिव तेन्जिङ भोटियाले स्वागत मन्तब्य राखेका थिए ।


त्रिभुवन विश्व विद्यालय नेपाली विभागका उपप्राध्यापक द्वय डा. गणेशराज अधिकारी र शक्तिराज नेपाल निर्णायक मण्डलको रूपमा रहेको रहे । कार्यक्रममा रू. ५०००÷– नगद , ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दै नवजीवन स्कुल, गंगोबु प्रथम हुन सफल भयो भने दिव्य ज्ञान स्कुल, काठमाडौ विद्यालय , मेघा पब्लिक स्कुल र ग्रीनफिल्ड स्कुल क्रमशः रू. ३५००, २५००, १५०० , १००० तथा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्तगर्दै द्वितीय , तृतीय , चौथो र पाँचौ हुन सफल भए ।