फाइल तस्विर
काठमाडौं/२१ असार-विद्यार्थी कुटेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिकामा –१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डित पक्राउ परेका छन् ।
विद्यार्थी कुट्ने शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । शिक्षक पण्डितलाई कक्षा ८ मा पढ्ने छात्रा अस्मिता परियारलाई कक्षामा कानमा हिर्काएको आरोप छ ।
त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन् भने उनलाई ओम समाज अस्पतालमा लगिएको थियो । अस्मिताको अहिले होस खुलिसकेको छ ।



