काठमाडौं/२१ असार-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिँदै विषय छोटमा ध्यन दिन सुझाब दिएका छन् । बिहिबार एसईईको नतिजा आएसँगै उनले अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा विषय गर्न सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘सईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने प्यारा भाइबहिनीहरुमा हार्दिक बधाई ! अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’



