म्यापल एजुकेशनले पोखराबाट पनि सेवा दिने

कास्की/२१ असार-क्यानडा अध्ययनमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उदेश्यले म्यापल इन्टरनेशनल एजुकेशन पोखराबाट आफ्नो सेवा सुचारु गरेको छ । काठमाडौंको पुतलीसडक स्थित केन्द्रीय कार्यालय रहेको म्यापल इन्टरनेशनल एजुकेशनले शाखा विस्तार गर्दै सेवा सुचारु गरेको हो ।


बुधबार पोखराको चिप्लेढुंगा स्थित एक कार्यक्रमका बिच शाखा कार्यालयको उद्घाटन गर्दै विधिवत् रुपमा सेवा सुचारु गरिएको जनाएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले शाखाको उद्घाटन गर्दै क्यानडा अध्ययनका लागि जान चाहने पोखराका विद्यार्थीहरुलाई सहज हुने कुरा व्यक्त गर ।


उद्घाटन कार्यक्रममा इक्यानका पूर्व केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डे, इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई, इक्यान कास्कीका अध्यक्ष रामेश थापाको उपस्थिति रहेको थियो ।


पोखरा शाखाको नेतृत्व अर्जुन गौडेलले गर्ने म्यापलका प्रमुख कार्यकारी अधिकृत इश्वर ढकालले बताए । १७ वर्षअघि स्थापना भएको म्यापल क्यानडा अध्ययनका लागि उत्कृष्ट शैक्षिक कन्सल्टेन्सी हो ।