काठमाण्डौं/१८ फागुन– काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकास्थित त्रि–ज्योति माध्यमिक विद्यालयले २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा २५ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न मनाएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव दंगालको अध्यक्षता तथा संघीय सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यताका साथै सो कार्यक्रममा प्रदेशसभा सदस्य न्ह्युच्छेनारायण श्रेष्ठ तथा कुसुम कुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो । प्रतिभा सम्मान एवम् स्मारिका विमोचन समेत गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य गणेश मिश्रले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा पुरस्कार वितरण, त्रि–ज्योति पूर्व विद्यार्थी प्रतिभा सम्मान, त्रि–ज्योति समाजसेवा सम्मान, त्रि–ज्योति साहित्य सेवा सम्मान, त्रि–ज्योति जनसेवा सम्मान, त्रि–ज्योति ज्येष्ठ अभिभावक स्मृति सम्मान तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेका थियाे ।
विद्यालयले वर्षभरिमा गरेका साँस्कृतिक कार्यक्रम तथा रचनात्मक प्रदर्शनी, चाडपर्व प्रदर्शनी, खेलकुद समारोह लगायत विविध प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेपछिको एक महत्वपूर्ण कार्यक्रमको रूपमा यस समारोह आयोजना गरेको विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगन कुमार थापाले विद्यालयले कुनैपनि दबाव र भेदभाव नगरी विद्यार्थीहरूलाई समान रूपले शिक्षा दिनुपर्छ र सो कार्यमा त्रि–ज्योति मा.वि.ले अग्रणी भूमिका खेलेको भन्दै विद्यालयलाई बधाई ज्ञापन दिंदै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावक, जेष्ठ अभिभावक, उत्कृष्ट हाउस र विभिन्न माध्यमद्वारा विद्यालयलाई सहयोग पु¥याउने सबैलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । बु.न.पा १२ का वडा अध्यक्ष शम्भु भट्टराई, विभिन्न विद्यालयका प्राचार्य, विभिन्न समाज सेवि आदिको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभाहरू प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।