जोसेपको साइन्स मेलामा केबुलकार उत्कृष्ट

विद्यार्थीले बनाएकाे केबुलकार

काठमाडौं/१८ फागुन–काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको जोसेप हाइ स्कुलले शुक्रबार जोसेप साइन्स मेला आयोजना गरेको थियो ।
विद्यार्थीहरुमा भएको सौद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक रमेश रसाईलीले बताए । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त मेलामा विज्ञानसँग सम्बन्धित ४७ वटा स्टलहरु राखिएको थियो ।
रसाईलीले करिब एक हजार अभिभावकले उक्त मेलाको अवलोकन गरेको बताए । मेलाबाट उत्कृष्ट स्टलको समेत छनोट गरिएको थियो । मेला अवलोकनमा आएका अभिभावकको भेटिङका आधारमा उत्कृष्ट स्टल छनोट गरिएको रसाईलीको भनाई छ । विद्यार्थीहरुले बनाएको मिनी केबुलकार प्रथम भएको छ भने बज वाएर एण्ड मेज गेम दोस्रो र स्मार्ट सिटी तेस्रो भएको छ । उत्कृष्ट हुने विद्यार्थीहरुलाई सोमबार पुरस्कार प्रदान गरिने स्कुलले जनाएको छ । मेलाको अर्को आकर्षण भनेको वाटर रकेट सो रहेको थियो ।

विद्यार्थीले बनाएकाे स्मार्ट सिटी

यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले धेरै कुरा सिक्न पाउने रसाईलीको भनाई छ । स्कुलले यसअघि पनि विभिन्न खालका शैक्षिक मेलाहरुको योजना गर्दै आएको भएपनि यो उहिले सम्मकै उत्कृष्ट भएको रसाईलीको दाबी छ ।