काठमाण्डौं/१९फागुन– काठमाडौंको मित्रपार्कमा रहेको टेक्सस कलेजमा ‘टेक्सस म्यानेजमेन्ट एण्ड आईटी जब फेयर २०२०’ भईरहेको छ ।
मेरो जब डट कमको सहकार्यमा टेक्सस कलेजको आयोजनामा फागुन १३ गतेदेखि सञ्चालन भएको उक्त मेलामा विभिन्न कलेजका विद्यार्थीहरुलाई शैक्षिक परामर्शका साथै पेशागत यात्रा सहजताका लागि आवश्यक सुुझाव प्रदान गरिरहेको टेक्ससका प्रमुख प्रशासकिय अधिकारी दिपक बास्तोलाले बताए ।
विद्यार्थीहरुलाई आफूले पढेको विषय अनुसारको पेशा छनोट गर्नका लागि सहयोग पुु¥याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त मेलामा रोजगार सम्बन्धि विभिन्न तालिम समेत प्रदान गरिएको बास्तोलाको भनाई छ । मेलाले विद्यार्थीहरुलाई आफ्नो पढाईपश्चात् सोही अनुसारको जागिर गर्नका लागि आफूलाई कसरी तयार गर्ने, कस्तो र कसरी अन्तर्वार्ता दिने, सिभी कसरी बनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई सिकाइँदैछ । यसका साथै मेलामा आईटी सम्बन्धि विभिन्न प्रोजेक्टहरुको समेत प्रदर्शन गरिनेछ ।
पढाई सकेपछि आफूले पढे अनुसारको कार्य कसरी गर्ने भन्ने विद्यार्थीको अन्योलतालाई हटाउन आयोजना गरिएको यो मेला शुक्रबार सम्पन्न हुनेछ ।