देशले विवेकी नागरिक मागेको छ,राम्ररी पढ्नु : केपी शर्मा ओली

काठमाडौँ /२१ असार-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशले विवेकी नागरिक मागेको भन्दै विद्यार्थीहरुलई राम्ररी पढ्न र राम्रो बन्न भनेका छन् । बुधबार संसद् परिसरमा अध्यक्ष ओली स्कुले विद्यार्थीसँग सेल्फी खिच्दैँ सो कुरा विद्यार्थीलाई भनेका हुन् ।


विद्यार्थीसँग खिचेको फोटो सामाजिक सञ्जालमा राख्दै ओलीले लेखेका छन्, ’खुलेको आकाश, खुलेका चेहरा !! आज संसदबाट बाहिरिँदै गर्दा गाडी चढेर पर पुगिसकेको थिएँ । झरीपछि खुलेको आकाश सफा देखिएको थियो । संसद् परिसरमा स्कुले नानीहरु दौडिँदै आए । गाडी रोकेर ओर्लिएँ र उनीहरुसँग एक छिन् समय बिताएँ । उनीहरुका आँखा र चेहरा खुलेको आकाशभन्दा पनि सफा थिए । हेरिरहे र सेल्फी खिचे । प्यारा नानीबाबुहरू ! देशले विवेकी नागरिक मागेको छ । राम्ररी पढ्नु, राम्रो बन्नु ।’