आजदेखि देखि हुने भनिएको उप–प्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं/२० असार-नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले आजदेखि देखि हुने भनिएको उप–प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ । नेविसंघले आयोगको कार्यालयमा तालाबन्दी गरेपछि परीक्षा स्थगित गरेको हो ।


आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।